काठमाडौँ – काठमाडौँमा जारी पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले लगातार दोस्रो जित हात पारेको छ । सोमबार भएको खेलमा जनकपुरले कर्णालीलाई ८ विकेटले हराएको हो ।


ADVERTISEMENT


कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रन बनायो । जवाफी ब्याटिङमा उत्रिएको जनकपुुरले १५.१ ओभरमा २ विकेट गुमाएर सहज जित हात पारेको हो ।


ADVERTISEMENT

# # #


जनकपुरको जितका लागि कप्तान अनिलले सानदार ब्याटिङ गरे । उनले ४२ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै नटआउट ६२ रन बनाए । यस्तै आशिफ शेखले २९ बलमा २ चौका र २ छक्काको मदतमा ३६ रन जोडे । उनीहरुले पहिलो विकेटका लागि ८४ रनको साझेदारी गरेपछि जनकपुरले सहजै जित हात पार्यो ।

यस्तै लाहिरु मिलान्थाले १३ बलमा २ चौका र २ छक्का प्रहार गर्दै २४ रन बनाउँदा जिमी निशमले ८ बलमा ३ चौका र १ छक्काको मदतमा नटआउट १६ रन जोडे । बलिङतर्फ कर्णालीका जिशन मक्सूद र मौसम ढकालले समान १–१ विकेट लिए ।

यसअघि कर्णाली याक्सका लागि गुल्सनकुमार झाले २७ बल खेल्दै तीन छक्का र एक चौकाको सहयोगमा सर्वाधिक ३६ रन जोडे ।

त्यस्तै अर्जुन घर्तीले २२ बलमा दुई चौका र दुई छक्का हान्दै ३३ रन बनाए । यस्तै कप्तान सोमपाल कामीले अविजित २९ रनको योगदान दिए । उनले १३ बल खेल्ने क्रममा एक छक्का र तीन चौका प्रहार गरे । भारतीय खेलाडी शिखर धवनले १४ बल खेल्दै तीन चौकाको मद्दतमा १४ रन बनाए । यस्तै हङकङका बाबर हायातले १२ रन बनाए ।

बलिङतर्फ जनकपुर वोल्ट्सका लागि पाकिस्तानी खेलाडी मोहम्मद मोहसिन खानले २ विकेट लिए भने जिमी निशम, हर्ष ठाकेर, ललितनारायण राजवंशी र किहोर महतोले १–१ विकेट लिए ।