काठमाडौँ – राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रवादी दल र शक्तिहरुलाई एकतावद्ध हुन आह्वान गरेका छन् ।


ADVERTISEMENT


सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले जनताले अहिले विकल्प खोजिरहेको अवस्थामा राष्ट्रवादी शक्तिहरु एकतावद्ध हुनुपर्ने भन्दै एकताका लागि आह्वान गरेका हुन् । उनले विगतका त्रुटी कमजोरीहरुबाट पाठ सिकेर नयाँ ढंगले बलियो बैचारिक राष्ट्रवादी प्रजातान्त्रीक शक्ति निर्माण गर्नुपर्ने धारणा राखे ।


ADVERTISEMENT

# # #


राष्ट्रवादी भन्ने दलहरुले आत्मसमिक्षा गर्नुपर्ने उनले बताए । उनले कांग्रेस–एमालेको बिरुद्धमा जनता उत्रिएको देखिएपनि उनीहरुकै पक्षमा मत दिन जनता बाध्य भएकाले नयाँ शक्ति आवश्यक रहेको उल्लेख गरे । एकताको पूर्वसर्त आत्मियता भएकाले बिगतमा भएका कमजोरीलाई दोहराएर एकता हुन नसक्ने उनको भनाइ छ ।

उनले विभिन्न प्रकरणमा भइरहेको अनुसन्धान लम्वाउने काम भएको र प्रहरीले पक्राउ गरेहरुलाई मानसिक तनाव दिने काम भएको आरोप समेत लगाए ।