बेइजिङ — नेपाल र चीनबीच ९ वटा बुँदामा सहमति र समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङको भेटवार्तापछि सहमति र समझदारीमा हस्ताक्षर भएको हो ।


ADVERTISEMENT


परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले दुई प्रधानमन्त्रीबीच द्विपक्षीय हितका विविध विषयमा विस्तृत छलफल भएको जानकारी दिए ।


ADVERTISEMENT

# # #


कनेक्टिभिटी, औद्योगिक विकास, पूर्वाधार विकास, स्वास्थ्य सेवा, कृषि, व्यापार, पर्यटन, लगानी, विज्ञान प्रविधि, खेलकुद, प्राकृतिक प्रकोप, जनसम्बन्धलगायतका क्षेत्रमा थप सहयोग आदानप्रदान गर्ने विषयमा छलफल भएको उनको भनाइ छ ।

ग्रेट हल अफ दी पिपुलमा भएको दुई पक्षीय वार्ताले दुई देशको सम्बन्धलाई अझ उचाइमा लग्न सहयोग पुगेको ढकालको भनाई छ ।

यी हुन् नेपाल-चीनबीच भएका सहमति र समझदारी

-टोखा-छहरे सुरुङमार्ग निर्माणसम्बन्धी पत्रको आदानप्रदान
-नेपाल-चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्र आदानप्रदान
-९ तले वसन्तपुर दरबार निर्माण सम्पन्नको प्रमाणपत्र आदानप्रदान
-भैंसीको तयारी मासु निर्यातसम्बन्धी प्रोटोकलमा हस्ताक्षर
-विकास योजनासम्बन्धी समझदारीपत्र
-आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारीपत्र
-नगद सहयोगसम्बन्धी पत्र आदानप्रदान
-स्वंयसेवी चिनियाँ भाषा शिक्षकसम्बन्धी समझदारीपत्र
नेपाल टेलेभिजन र चाइना मिडिया ग्रुप(सीएमजी) बीच सञ्चार प्रविधिबारे समझदारीपत्र ।