काठमाडौँ- मुलुकमा फेरि एकपटक नयाँ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा फेरि एकपटक नयाँ क्रान्ति आवश्यक भएको बताएका छन् ।


ADVERTISEMENT


गणतन्त्र सेनानी कोषले बुधबार काठमाडौंमा आयोजना गरेको गणतन्त्र सेनानी सम्मान कार्यक्रममा प्रचण्डले जनताको गणतन्त्रलाई जोगाउनका लागि मुलुकमा फेरि एकपटक नयाँ क्रान्ति आवश्यक भएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले अब हुने क्रान्ति पहिलेजस्तो सशस्त्र नहुने र जनतामा गएर जनताकै बलमा भ्रष्टाचार र बेथितिविरुद्ध आन्दोलन अघि बढाउने बताए । लाखौं लाख जनता सडकमा लिएर यसअघि संविधान लेखनको क्रममा फरक मतको छाडेका मुद्दा अघि बढाइने र गणतन्त्रलाई जनताको व्यवस्था बनाउने अभियानलाई पूर्णता दिइने उनले जनाए ।

नयाँ क्रान्तिका लागि विभाजित माओवादीलाई एकताबद्ध गर्दै माओवादीको आफ्नै एजेन्डा र पहिचानमा अघि बढ्ने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले स्थानीय तहको उपनिर्वाचनमा एक्लै विजय प्राप्त गरेर त्यसको सुरुवात गरिसकेको सुनाए । अहिले परिवर्तन नचाहने प्रतिक्रियावादीहरु सत्ता रहेको र क्रान्तिकारीहरु प्रतिपक्षमा रहेको उनको भनाई छ ।

कार्यक्रममा पूर्वउपराष्ट्रपति एवं तत्कालीन माओवादी जनमुक्ति सेनाका डेपुटी कमान्डर नन्दबहादुर पुन पासाङले माओवादी, जनयुद्ध, जनमुक्ति सेना र जनताको कारण गणतन्त्र आएको भन्ने नेपाली इतिहासमा स्वर्णिम अक्षरमा लेखिएको बताए । गणतन्त्रका उपलब्धि रक्षा गर्दै उहाँले फेरि पनि अध्यक्ष प्रचण्डको नेतृत्वको नेतृत्वमा समाजवादी अभियान अघि बढाउनुपर्नेमा उहाले जोड दिए ।

कार्यक्रममा प्रचण्डलाई गणतन्त्र नायक सम्मानबाट सम्मानित गरिएको थियो । त्यस्तै कोषले तत्कालिन माओवादी जनमुक्ति सेनाका डेपुटी कमान्डरहरु नन्दबहादुर पुन पासाङ, वर्षमान पुन अनन्त, जनार्दन शर्मा प्रभाकर र चक्रपाणि खनाल बलदेवलाई गणतन्त्र सेनानी सम्मान प्रदान गरेको छ ।