ग्राहकहरुको सेवा सुविधालाई केन्द्रमा राख्दै आएको सिटिजन्स बैँकले पछिल्लो समय विभिन्न ‘प्याकेज’ र ‘अफर’हरु प्रदान गर्दै आएको छ । चाहे बैँकमा खाता भएको ग्राहकहरुलाई किसिमका आकर्षक अफरहरु प्रदान गर्ने कुरामा होस् वा खाता नभएका दर्शकलाई पनि बैँकमा आवद्ध गराउन दिनुपर्ने अधिकतम सुविधामा, सिटिजन्स बैँक नेपाली बैँक तथा वित्तीय क्षेत्रमा अग्र स्थानमा रहँदै आएको छ । बैँकले आफ्नो १७ औँ वार्षिकोत्सवका अवसरमा ल्याएको छ, ‘डिजिटल हेल्थ एण्ड वेल्थ’ खचत खाता । यसै विषयमा सिटिजन्स बैँकको डिपोजिट मार्केटिङ प्रमुख पारस विक्रम थापासँग गरिएको कुराकानी:


ADVERTISEMENT


सिटिजन्स बैँकले ‘हेल्थ एण्ड वेल्थ’ खाता सञ्चालनमा ल्याएको छ । यसकोबारेमा बताइदिनुहोस् न ।


ADVERTISEMENT

# # #


‘हेल्थ एण्ड वेल्थ’ खाता अहिले नेपाली बैँकिङ क्षेत्रको सबैभन्दा फरक किसिमको खाता हो । जसले ग्राहकका लागि धेरै भन्दा धेरै फाइदाहरु उपलब्ध गराउँछ । ‘तपाईंको स्वास्थ्य र धनको हेरचाह हामी गर्छौं’ भन्ने नाराका साथ ल्याइएको यो खाताले ग्राहकको स्वास्थ्य र आर्थिक अवस्थालाई मजबुत बनाउने लक्ष्य राखेको छ ।

यो खाता कसरी खोल्न पाउँछन् ? खाता खोल्नका लागि न्यूनतम आवश्यकताहरु के–के हुन् ?

यो खाता सबै नेपाली नागरिकले खोल्न पाउँछन् । हाम्रो सबै शाखाहरु र हाम्रो बैँकको वेबसाइटमार्फत समेत यो खाता सजिलै खोल्न सकिन्छ । त्यसका लागि बैँक खाता खोल्ने उमेर पुगेको हुनुपर्छ । खाता खोल्दा नागरिकता र फोटो आवश्यक पर्छ । साथै खातामा न्यूनतम ३ लाख रुपैयाँ मौज्दात समेत हुनुपर्छ ।

खाता खोलेपछि ग्राहकले पाउने फाइदाहरु के–के छन् ? खाता किन खोल्ने ?

‘हेल्थ एण्ड वेल्थ’ खाताको विशेषता भनेकै ग्राहकलाई अधिकतम फाइदा उपलब्ध गराउनु हो । त्यसकारण यसले ग्राहकलाई दुई किसिमका फाइदा उपलब्ध गराउँछ । पहिलो स्वास्थ्यसम्बन्धी र दोस्रो आर्थिक उन्नति सम्बन्धी । ग्राहकले वर्षमा एक पटक निःशुल्क रुपमा ‘पूर्ण शरीर चेकअप’ र परामर्श गर्न सक्छन् । जसका लागि हामीले हिमाल हस्पिटल, चिरायु हस्पिटल र सुर्खेत हस्पिटलसँग सम्झौता गरेका छन् । यस्तै ग्राहकले निःशुल्क दन्त र छालासम्बन्धी परामर्श लिनसक्छन् । त्यसका लागि क्रमशः समाज डेन्टल अस्पताल र नवडर्मा स्किन एन्ड लेजर एस्थेटिक प्रालिसँग सम्झौता गरिएको छ । यस्तै चिरायु अस्पतालमा निःशुल्क आँखा चेकअप, औषधि खरिद गर्दा विशेष छुटसहित इ–फार्मेसीले निःशुल्क डेलिभरी समेत गरिदिनेछ ।

यस्तै वित्तीय फाइदाको कुरा गर्नुपर्दा ग्राहकले एक वर्षका लागि निःशुल्क रुपमा इन्टरमेट बैँकिङ, मोबाइल बैँकिङ र डेबिट कार्ड समेत पाउनेछ । वार्षिक लकर शुल्कमा ५० प्रतिशत छ्ट पाइने छ भने लकर कि डिपोजिटमा शतप्रतिशत छुट पाइनेछ । यस्तै मेडिकल क्रेडिट कार्ड जारी शुल्कमा यस्तै सिटिजन्स क्यापिटल लिमिटेडले प्रदान गर्ने पोर्टफोलियो म्यानेजमेन्टमा ५० प्रतिशत छुट पाइने छ भने सीबीआईएल सेक्युरिटिज लिमिटेडमा निःशुल्क ब्रोकर खाता खोल्न समेत पाइने छ । यस्तै प्रत्येक महिना ग्राहकहरुबाट ‘अटो अपनिङ रिकरिसङ डिपोजिट’ १ सय रुपैयाँ योगदानसहित ‘फोर्स इमर्जेन्सी कोष’ पनि खोलिनेछ । यस्तै विदेशी मुद्राको साटफेरमा ०.१० पैसा छुटको सहुलियत र फाइदा पाइनेछ भने डलर ट्राभल कार्ड बनाउँदा २५ प्रतिशत छुटका साथै इ–कमर्स काड बनाउँदा ५० प्रतिशत छुट ग्राहकले पाउनेछन् ।

खातामा रहेको निक्षेपको ब्याज पाइन्छ कि पाइँदैन रु कस्तो छ ब्याजदर ?

यो खातामा रहेको मौज्दात रकमको अधिकतम ब्याज पाइन्छ । जुन ४.५ प्रतिशत प्रतिवर्ष रहेको छ । जुन हालको मुद्दत्ति खाताको भन्दा राम्रो ब्याजदर हो । खाता खोल्न भने न्यूनतम ३ लाख रुपैयाँ हुन आवश्यक छ ।

यो खाता खोल्न चाहने ग्राहकलाई के भन्न चाहनुहुन्छ ?

म सम्पूर्ण ग्राहकलाई सिटिजन्स बैँकले ल्याएको ‘हेल्थ एण्ड वेल्थ’ खाता खोलेर अधिकतम फाइदा लिदन आग्रह गर्न चाहन्छु । किनकी यो खाता हाल नेपालको बैँकिङ क्षेत्रले ग्राहकलाई प्रदान गर्ने सेवासुविधाको आधारमा अन्य खाता भन्दा उत्कृष्ट छ । ग्राहकले यस खातामार्फत वित्तीय फाइदा मात्रै पाउनुहुन्न, स्वास्थ्य सम्बन्धी पनि थुप्रै फाइदा पाइन्छन् । हामी ग्राहकलाई अधिकतम स्वास्थ्यसम्बन्धी फाइदा प्रदान गर्न देशका सबै ठाउँमा रहेका अधिकतम अस्पतालहरुसँग पनि सहकार्य गर्ने प्रयास छौँ । किनकी प्रचलित भनाई नै छ, ‘स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो ।’