काठमाडौं – नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा) ले नुवाकोट, टिमुरे र रसुवामा गएको बाढीबाट प्रभावित नागरिकका लागि राहत सामग्री हस्तान्तरण गरेको छ।


ADVERTISEMENT


गत भदौ १० गते आएको भीषण बाढीबाट प्रभावितका लागि नाडाले उपलब्ध गराएको विभिन्न राहत सामग्री असोज ३ गते नाडाका कोषाध्यक्ष पंकज अग्रवाल र सहकोषाध्यक्ष निलमणि पाठकको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले जिल्ला प्रशासन कार्यालय नुवाकोटसँगको समन्वयमा जिल्ला समन्वय समिति नुवाकोटलाई औपचारिक रूपमा हस्तान्तरण गरेको हो।


ADVERTISEMENT

# # #


यसअघि नाडाले बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ नगद सहयोग समेत गरेको थियो। भदौ १८ गते नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेट गरी उक्त रकम हस्तान्तरण गरेको जनाएको छ।

नाडाले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत प्राकृतिक विपत्तिमा परेका नागरिकलाई विगतदेखि नै आर्थिक तथा भौतिक सहयोग गर्दै आएको जनाएको छ।