काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भएको पहिलो खेलमा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सलाई जितका लागि १३९ रनको लक्ष्य दिएको छ ।


ADVERTISEMENT


कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा टस जितेर जनकपुर बोल्टस्ले फिल्डिङ रोजेको थियो । पोखराले ७ विकेटको क्षतिमा पूरा ओभर खेल्दै १३८ रन जोडेको हो ।


ADVERTISEMENT

# # #


खेलमा म्याट क्रिट्ले सर्वाधिक ३५ रन जोडे भने माइकल लिस्कले २५ रनको योगदान गरे । जनकपुर बोल्टसका ललित राजवंशीले उत्‍कृष्ट बलिङ गरे । उनले खेलमा ३ विकेट लिए ।