काठमाडौँ – उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले प्रधानमन्त्रीसंग आफ्नो दूरी बढेको भन्ने चर्चामा कुनै सत्यता नरहेको स्पष्ट पारेका छन् ।
आइतबार काठमाडौंमा फोटोपत्रकार क्लवले आयोजना गरेको ‘पावरिङ नेपाल : ऊर्जा क्षेत्रमा एशियाली विकास बैंक–नेपाल साभेदारीको पाँच दशक’ शीर्षकको फोटो प्रदर्शनीको अवलोकन गर्दै पौडेलले रे ।
पौडेलले प्रधानमन्त्रीको चीन भ्रमण ऐतिहासिक रुपमा सफल भएको र उपलब्धिपूर्ण रहेको उल्लेख गरे । नेपालको दिर्घकालीन विकास र छिमेकीको सम्बन्धका साथै नेपालको विदेशनीतिको दृष्टिकोणले पनि प्रधानमन्त्रीको चीन भ्रमण सफल भएको उनको भनाइ छ ।
उनले चीन भ्रमणका प्रत्येक कुरामा सत्ताधारी दलबीच खुलस्त छलफल भएको र साझा दृष्टिकोणका आधारमा अघि बढिएको बताए ।
त्यस्तै अर्थमन्त्री पौडेलले वर्तमान सरकारले अर्थतन्त्रका क्षेत्रमा देखिएको समस्या हल गरेका कारण अर्थतन्त्रमा क्रमश: गति आउन सुरु गरेको जानकारी दिए ।
उनले बैंकको तरलतालाई उत्पादन र रोगजारी सिर्जनाका लागि प्रयोग गर्ने सोच बनाएको उल्लेख गरे ।



























































