काठमाडौँ – महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकहरुले अब काठमाडौँ उपत्यकाभित्र रहेका विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट पाउने भएका छन् ।
विकास बैँक स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थाहरुसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको हो ।
सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले ती संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
जस अनुसार महालक्ष्मी विकास बैँकका ग्राहकहरुले काठमाडौँको कमलादीमा रहेको स्काईवाक टावरमा १५ प्रतिशत छुट प्राप्त गर्नेका छन् । त्यसका लागि विकास बैँकले स्काईवाक टावर वन्डर्स नेपाल प्रा.लि.सँग सम्झौता गरेको छ ।
यस्तै काठमाडौँको विशनलनगरस्थित चेरिस ग्रुप प्रालिमा खाना तथा पेय पदार्थमा १५ प्रतिशत पाइनेछ भने ललितपुरको सानेपास्थित अमैचामा कपडा खरिद गर्दा १० प्रतिशतसम्मको छुट पाइनेछ ।
यस्तै विकास बैँकले मलाला युनिसेक्स सैलुन प्रा.लिसँग पनि छुट सम्झौता गरेको छ । जहाँ ब्यूटिसियन सेवा लिँदा मलालाले महालक्ष्मी विकास बैँकका ग्राहकलाई १० प्रतिशतसम्म छुट प्रदान गर्नेछ ।
यस किसिमको सहकार्यबाट बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास व्यक्त गरेको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।
बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको निति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै “महालक्ष्मी स्मार्ट साथी” सञ्चालनमा ल्याएको छ ।