कास्की– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज पनि कास्कीको पोखरामा प्रदर्शन गरेको छ ।


ADVERTISEMENT


पर्सा जिल्ला सरकारी वकिल कार्यालयमा बयान सकिएपछि रविलाई अहिले पोखरातर्फ पुर्‍याइएको छ । यससंगै बिहानैदेखि तयारी अवस्थामा बसेका रास्वपा कार्यकर्ताहरूले पोखराको पृथ्वीचोकमा प्रदर्शन गरेका हुन् ।


ADVERTISEMENT

# # #


पृथ्वीचोकमा भइरहेको प्रदर्शनमा सहभागीहरूले ‘मानव अधिकार कायम गर, मानव अधिकार उल्लंघन गर्न पाइँदैन, आईजीपीलाई अनुसन्धान गर, भ्रष्ट सरकार मुर्दावाद, सहकारी पीडितलाई न्याय दे’ लगायतका नाराहरू लगाइरहेका छन् । नियन्त्रणका लागि यहाँ बाक्लो प्रहरी परिचालन समेत गरिएको छ ।

लामिछाने जोडिएको सहकारी ठगी प्रकरणको अनुसन्धान प्रहरीले अन्तिम चरणमा पुगेको प्रहरीले जनाएको छ ।