काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मन्त्रालयमातहत रहने गरी आन्तरिक रोजगार महाशाखा स्थापना गरिने बताएका छन् ।


ADVERTISEMENT


राष्ट्रिय व्यवसायीक प्रशिक्षण प्रतिष्ठानले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री भण्डारीले स्वदेशभित्र नै रोजगारीको सम्भावनाहरुलाई अध्ययन गरि रोजगारी सिजर्ना गर्ने उदेश्यले आन्तरिक रोजगार महाशाखा स्थापना गर्न लागिएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


यसका लागि आवश्यक प्रक्रिया अघि बढिसकेको उनले बताए । मन्त्री भण्डारीले वैदेशिक रोजगारको क्षेत्रलाई हेर्ने निकायहरु रहे पनि आन्तरिक रोजगारको क्षेत्रलाई हेर्ने छुट्टै निकाय नभएकाले आन्तरिक रोजगार महाशाखाको अवधारणामा अघि बढेको जानकारी दिए ।

उनले युवाहरुलाई रोजगारका लागि योग्य बनाउन आवश्यकता तालिम दिनुपर्ने र स्वदेशमा नै परिचालन गर्नुपर्नेमा जोड दिए । लागतभन्दा बढी रकम तिरेर वैदेशिक रोजगारमा जानुपर्ने अवस्थालाइ अन्त्य गर्नका लागि सरकारको ध्यान केन्द्रीत रहेको उनको भनाइ छ ।

उनले वैदेशिक रोजगारमा गएका युवाहरुको सीपलाई स्वदेशमा फर्किपछि नेपालमा नै प्रयोग गर्ने अवस्थाको सिर्जना गर्नुपर्ने बताए ।