काठमाडौँ– स्वर्गिय काठमाडौँका पूर्वमेयर पिएल सिंहको शव सानेपास्थित कांग्रसको केन्द्रिय कार्यालयमा ल्याइएको छ । उनलाई अन्तिम श्रद्वाञ्जलिका लागि सानेपा ल्याइएको हो ।


ADVERTISEMENT


सिंहको८७ वर्षको उमेरमा आज बिहान उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । नेपाली कांग्रेसका नेता सिंह पेटसम्बन्धी रोगको उपचारमा थिए।


ADVERTISEMENT

# # #


उनको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि आज बिहान ११ सम्म निवास चक्सिबारीमा राखिएको थियो । त्यसपछि चक्सिबारीबाट सानेपाल ल्याइएको उनलाई दुई घन्टासम्म त्यहाँ राखिने बताइएको छ । उनको आजै अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।