सर्लाही –प्रहरीले नियन्त्रित लागूऔषध ओनेरेक्स १ सय मिलिलिटरको ७ बोतल, कोडेडाइल–टि १ सय मिलिलिटरको ३ बोतल सहित ३ जनालाई पक्राउ गरेको छ ।


ADVERTISEMENT


जिल्ला प्रहरी कार्यालय सर्लाही समेतबाट खटिएको प्रहरी टोलीले बागमती नगरपालिका–७ निमिचोक बस्ने ३५ वर्षीय मोहन बहादुर योञ्जन समेत ३ जनालाई सोमबार बिहान पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


मोहन बहादुरको घर तलासी गर्दा उक्त लागूऔषध फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको २ थान मोटरसाइकल समेत बरामद गरेको छ ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।