काठमाडौँ – जलविद्युत क्षेत्रको प्रसारण लाइन निर्माणमा सार्वजनिक–निजी साझेदारी मोडलको सुरुवात गरिएको छ ।


ADVERTISEMENT


मंगलबार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा प्रसारण लाइन निर्माणमा सार्वजनिक–निजी साझेदारी अन्तर्गत राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड र बिभिन्न जलविधुत आयोजना कम्पनीबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।


ADVERTISEMENT

# # #


पहिलो चरणमा राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले अध्ययन सम्पन्न गरेको आयोजना मध्ये तमोर–ढुंगेसाँघु २२० केभी प्रसारण लाईन सार्वजनिक–निजी साझेदारी मोडल अनुसार निर्माण गर्न लागिएको ऊर्जा मन्त्रालयले जनाएको छ ।

हस्ताक्षर कार्यक्रममा ऊर्जामन्त्री दीपक खड्काले निजी क्षेत्रको सहभागिता बिना उर्जा क्षेत्रको विकास सम्भव नभएको बताए । सार्वजनिक–निजी साझेदारी मोडलको सुरुवात भएसंगै प्रसारण लाइन निर्माणमा निजी क्षेत्रको सहभागीताको ढोका खुलेको उनले बताए ।

उहाले ठूला–ठूला आयोजनाहरुलाई एकै पटक अघि बढाउने र २०३५ सम्म २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको बताए । यसका लागि प्रसारण लाइन महत्वपूर्ण हुने र त्यसमा निजी क्षेत्रको सहभागीता महत्वपूर्ण रहेको धारणा राखे ।

त्यस्तै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सार्वजनिक–निजी साझेदारी मोडललाई प्रभावकारी रुपमा अघि बढाउन सके प्रसारण लाइन निर्माणमा ठूलो प्रगति हुने बताए । प्रसारण लाइन नै बनाइदिनुपर्ने यसअघि भाष्य अव विस्तारै हट्दै जाने उनको भनाई छ ।

तमोर–ढुंगेसाँघु २२० केभी प्रसारण लाईन निर्माण भएपछि विभिन्न १० वटा जलविद्युत आयोजनाले उत्पादन गर्ने विद्युत सहज रुपमा प्रसारण गर्न सकिने बताइएको छ । त्यस्तै सार्वजनिक–निजी साझेदारी मोडल अनुसार साझा प्रसारण लाइन निर्माण गर्दा ठूलो धनराशीको बचत हुने ऊर्जा मन्त्रालयको विश्वास छ ।