काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा प्रर्वगृहमन्त्री रवि लामिछानेको हिरासतको तस्बिर सार्वजनिक गर्नेलाई प्रहरीले कारवाही गर्ने भएको छ ।
गएरातिदेखि सामाजिक सञ्जालमा भाइरल तस्बिरको अनुसन्धान गरिरहेको र सो तस्बिर रविकै हो भन्ने पुष्टि भएमा तस्बिर सार्वजनिक गर्नेलाई कानुन बमोजिम कारवाही गर्ने जिल्ला प्रहरी कार्यालय, कास्कीलेविज्ञप्तिमार्फत जनाएको हो ।
साइबर अपराध सम्बन्धी कानुनी प्रावधानलाई समेत उल्लंघन गरी अनधिकृत रुपमा सामाग्री प्रकाशन तथा सम्प्रेषण गर्ने कार्यमा संलग्न रहेका जो कोहीलाई कारबाही हुने विज्ञप्तिमा उल्लेख छ ।
‘‘प्रकाशन तथा सम्प्रेषण गर्ने कार्यमा संलग्न रहेका जो कोही व्यक्तिलाई पनि कानूनी दायरामा ल्याई कानून बमोजिम अनुसन्धान तथा कारवाही गरिने र नेपालको संविधान एवं प्रचलित ऐन कानून बमोजिम फौजदारी न्याय प्रणालीका मुल्य मान्यताको अनुसरण गर्दै तथ्य एवं प्रमाणमुखी अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय कास्की सदैव प्रतिवद्ध रहेको व्यहोरा अनुरोध गर्दछौं,’ विज्ञप्तीमा भनिएको छ ।
प्रहरीले उक्त तस्वीर डा. निकोलस भुसालको फेसबुक पेजबाट प्रकाशित भएको पनि बताएको छ । भुसालले पनि उक्त फोटो आफैंले सार्वजनिक गरेको भन्दै सामाजिक सञ्जालमार्फत माफी मागेका थिए ।