काठमाडौँ– मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको छ ।
प्रसाईंका तर्फबाट निराजन प्रसाईंले दायर गरेको दोस्रो बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्चले प्रसाईंलाई अदालतमा झिकाउन आदेश दिएसंगैशुक्रबार उनलाई अदालतमा उपस्थित गराइएको हो ।
उनको दोस्रो बन्दी प्रत्यक्षीकरणको रिटउपर न्यायाधीशद्वय डा. नहकुल सुवेदी र शारंगा सुवेदीको संयुक्त इजलासले सुनुवाइ गरिरहेको छ ।
साइबर अपराधको कसुरमा प्रसाईंलाई भक्तपुरस्थित निवासबाट पक्राउ गरिएको थियो । साइबरको कसुरमा ४० हजार रुपैयाँ धरौटीमा छुटे लगत्तै उनी आपराधिक लाभ र संगठित अपराधको कसुरमा पक्राउ परेका थिए ।





























































