काठमाडौँ– सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जीवी राईसहित १९ जनाविरुद्ध मुद्दा दर्ता हुने भएको छ ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा फरार दोषी ठहर गितेन्द्रबाबु उर्फ ‘जीबी राई’ सहित १९ जनाविरुद्ध सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा आजै मुद्दा दर्ता हुने भएको हो ।
यद्यपि, सहकारी ठगी प्रकरणमै पक्राउ परेका पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तथा पूर्व डिआइजी छविलाल जोशीसहित ५ जनाविरुद्धको मुद्दा भने आइतबारमात्रै मुद्दा दर्ता हुने भएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालयले पहिलो चरणमा पक्राउ पुर्जी जारी भएका १९ जनाविरुद्ध मुद्दा दर्ता लागिएको हो । अहिले प्रहरी हिरासतमा रहेका रवि, छविसहित जीवीका साझेदार नेचर हब्र्सका सञ्चालक रामबहादुर खनाल, लिला पछाईं र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरुङको मुद्दा भने आइतबार दर्ता हुने भएको छ ।





























































