काठमाडौँ– रविको हिरासत तस्बिर सार्वजनिक गर्ने डा. निकोलस पोखरा पठाउने भएको छ ।


ADVERTISEMENT


रविको हिरासत तस्बिर सार्वजनिक गरेको अभियोगमा भुसाललाई प्रहरीले आवश्यक कानुनी कारबाहीका निम्ति पोखरा पठाउने भएको हो ।उनी आइतबार बेलुकी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीबाट पक्राउ परेका हुन् ।


ADVERTISEMENT

# # #


रातभरि जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएका उनलाई अहिले बिहानै पोखरा पठाउन लागिएको अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले बताए ।

भुसालले सहकारी ठगी तथा संगठित अपराधको कसुरमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेको फोटो बिहीबार सामाजिक सञ्जालबाट सार्वजनिक गरेका थिए । त्यसपछि उनलाई कारबाही गर्ने भनी कास्की प्रहरीले विज्ञप्ति जारी गरेको थियो

विज्ञप्तिमा भनिएको थियो, ‘प्रकाशन तथा सम्प्रेषण गर्ने कार्यमा संलग्न रहेका जो कोही व्यक्तिलाई पनि कानूनी दायरामा ल्याई कानून बमोजिम अनुसन्धान तथा कारबाही गरिने र नेपालको संविधान एवं प्रचलित ऐन कानून बमोजिम फौजदारी न्याय प्रणालीका मूल्य मान्यताको अनुसरण गर्दै तथ्य एवं प्रमाणमुखी अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय कास्की सदैव प्रतिबद्ध रहेको ब्यहोरा अनुरोध गर्दछौं ।’