काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्यालले पाएका छन् ।
रास्वपाको सोमबार बसेको सचिवालय बैठकले उपसभापति अर्याललाई सोमबार बसेको सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी दिएको हो ।
रास्वपा सभापति रवि लामिछानेविरूद्ध कास्की जिल्ला अदालतमा सहकारी ठगीसहित सम्पत्ति शुद्धिकरण लगायतका चार कसुरमा मुद्दा दर्ता भएको थियो। सम्पत्ति शुद्धिकरण ऐन अनुसार सभापति लामिछाने स्वतः निलम्बनमा पर्ने भएपछि रास्वपाले उपसभापति अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पिएको हो ।
सभापति लामिछानेकै सिफारिसमा अर्याल कार्यवाहक सभापति बनेका हुन् । सभापति लामिछाने सहकारी गटी प्रकरणमा गत कात्तिक २ गतेदेखि कास्की प्रहरी हिरासतमा छन् ।
























































