कोशी– कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) राजन अधिकारीले जिल्ला प्रहरी कार्यालय सुनसरीको निरीक्षण भ्रमण गरेका छन् ।
उनले मंगलबार जिल्ला प्रहरी कार्यालय सुनसरीमा रहेका विभिन्न शाखाहरु लगायत हिरासत कक्षको निरीक्षण गरेका हुन् । सो क्रममा उनले कार्यालय परिसर भित्र वृक्षारोपण समेत गरे ।
प्रदेश प्रहरी प्रमुख अधिकारीले जिल्ला प्रहरी कार्यालय सुनसरी तथा मातहत इकाई प्रमुखहरु सहित कार्यरत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिए । निर्देशनको क्रममा उनले प्रहरीले प्रदान गर्ने सेवा र सुरक्षा प्रवाहमा आम नागरिकमा प्रहरी प्रति विश्वास बढ्ने किसिमले आफ्नो जिम्मेवारीको बोध गरी भाईचारा, बन्दुत्व, भातृत्व भाव र अनुशासित तवरले आफ्नो पदिय दायित्व निर्वाह गरी समाजमा शान्ति सुरक्षा प्रदान गर्न निर्देशन दिए ।
उनले नागरीकको अपेक्षा बमोजिम छिटो, शिष्ट, सव्य र पिडितमैत्री वातावरणमा रहेर सेवाग्राहीको हितमा ध्यान दिई प्रहरी सेवा प्रदान गर्न जोड दिए । ‘दैनिक काम कारवाहीलाई चुस्त, दुरुस्त बनाई अभिलेखिकरण गर्दै लैजान तथा आ-आफनो जिम्मेवार एरिया इलाकाहरुमा प्रहरी परिचालन गरी शान्ति सुरक्षा, अपराध नियन्त्रण, पेन्डिङ मुद्दाको सफल अनुसन्धान, भारतीय सीमा क्षेत्रबाट हुने अवैध चोरी निकासीलाई नियन्त्रणलाई चुस्त बनाउनुपर्छ’, उनले भने, ग्लागु औषध ओसार पसार नियन्त्रण, भारतिय काउण्टर पार्टससंग समन्वय गरी सुरक्षा व्यवस्थालाई मजवुद बनाउनका साथै आर्थिक प्रलोभनमा नपरी शून्य सहनशिलतामा रही व्यवसायिक प्रहरीको भुमिका निर्वाह गर्नु ।’
निरीक्षण भ्रमणको क्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले प्रदेश प्रहरी प्रमुख अधिकारीलाई सुनसरी जिल्लाको समग्र शान्ती शुरक्षाको अवस्था, जनशक्ती व्यवस्थापन, भावि कार्य योजना, सुरक्षा चुनौतीहरु र प्रदेश प्रहरी कार्यालय संगको अपेक्षा सहितको प्रस्तुतिकरण गरेका थिए ।