काठमाडौँ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले बालबालिकाहरुलाई सानैदेखि खेलकुद क्षेत्रमा लगाउन सुझाव दिएका छन् ।


ADVERTISEMENT


बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री चौधरीले अहिले बालबालिकाहरुमा मोवाइल धेरै हेर्ने समस्या देखिएकाले केहि समय खेलकुद क्षेत्रमा लगाउन सुझाव दिएका हुन् ।


ADVERTISEMENT

# # #


उनले बालबालिकाहरु खेलकुद लगाएत रचनात्मक क्षेत्रमा लगाउन सके बढ्ने र अन्य गतिविधिमा पनि रुची बढ्ने जिकिर गरे ।

मन्त्री चौधरीले बालबालिकाहरुको रुची अनुसारको काम गर्न अभिभावकले प्रेरित गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा मन्त्री चौधरीले राष्ट्रिय स्तरको ह्याण्डराइटिङ प्रतियोगीतामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरेका थिए ।