काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले मन्त्रालयका सेवाहरु सातवटै प्रदेशमा विस्तार गर्दै संघीयता सवलीकरणमा लागिरहेको बताएका छन् ।
विहीबार सिंहदरबारमा बसेको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा मन्त्री पाण्डेले मन्त्रालय मातहतका निकाय सातवटै प्रदेशमा विस्तार गर्दै सेवा प्रभावकारी बनाउन गृहकार्य गरिहेको बताएका हुन् । मन्त्री पाण्डेले पर्यटन क्षेत्रलाई चलायनमा बनाउनका लर प्रदेश र स्थानीय तहलाई समेत क्रियाशील बनाउनु पर्नेमा जोड दिए ।
नेपाल पर्यटन बोर्ड, नाथम लगायतका संस्थालाई सातवटै प्रदेशमा विस्तार गरी संघीयता सवलीकरणका लागि लागिपरेको उनले बताए । उनले लुम्बिनी क्षेत्र लाई युनेस्कोले जोखिमको सूचीमा सुचिकृत गरेको स्मरण गर्दे भारतको राजधानी दिल्लीमा सम्पन्न भएको युनेस्कको बैठकबाट एक वर्षको म्याद पाई जोखिमबाट हटाउने गरी गृहकार्य भइरहेको जानकारी दिए । ६ महिनाभित्र खतराको सूचीबाट हटाउने गरी काम भइरहेको उनले बताए ।
मन्त्री पाण्डेले राष्ट्र्रिय ध्वजावहाक एयरक्राप्टमा समस्या रहेको बताउँदै नेपाल एयरलाइन्सका केही विमान उड्न नसक्ने अवस्थामा पुगेकाले विमानको खरिद प्रक्रियाबारे छलफल भइरहेको समेत जानकारी दिए ।


























































