काठमाडौँ – हिमालयन बैंक लिमिटेडको नयाँ बानेश्वर शाखा स्थानान्तरण भएको छ । बैँकले सिभिल बैँकलाई प्राप्ति गरे पश्चात् नयाँ बानेश्वर शाखालाई स्थानान्तरण गरी काठमाडौं महानगरपालिका वडा नं ३२, कोटेश्वरबाट बैँकिङ्ग सेवा सञ्चालन गरेको हो ।
उक्त शाखाको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत अनुप मास्केले अन्य उच्चपदस्थ कर्मचारीहरु तथा अतिथिहरुको उपिस्थतिमा शुभारम्भ गरेका छन् ।
हाल बैंकले नेपाल भरी फैलिएका १७४ शाखा कार्यालयहरु, २० विस्तारित काउन्टर, २८२ एटीएम, ८,००० भन्दा बढी पीओएस टर्मिनल र १५ हजारभन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहबाट आफ्ना ग्राहकहरुलाई विभिन्न बंैकिङ्क सेवा प्रदान गर्दै आएको छ ।