काठमाडौँ – नेकपा एमालको संगठित सदस्यबाट निष्काशित भएका नेता भीम रावलले आफ्नै नेतृत्वमा नयाँ पार्टी बनाउने तयारी गरेका छन् । रावलले बुधबार एक कार्यक्रम गरी नयाँ पार्टी घोषणा गर्न लागेका हुन् ।


ADVERTISEMENT


त्यसका लागि रावलले बुधबार पत्रकार सम्मेलन समेत गर्ने भएका छन् । उक्त पत्रकार सम्मेलनमार्फत रावलले समसामयिक राजनीति र विभिन्न विषयमा आफ्ना धारणा समेत सार्वजनिक गर्नेछन् । एमालेले निष्काशन गरेपछि रावलले औपचारिक रुपमा आफ्नो धारणा सार्वजनिक गरिसकेका छैनन् ।


ADVERTISEMENT

# # #


रावलले सुदूरपश्चिमलाई केन्द्रमा राखेर नयाँ पार्टी खोल्ने अनुमान गरिएको छ । त्यसका लागि उनले आज मात्रै नेपाली कांग्रेस (बीपी)का उपसभापति कर्ण मल्ल र सुदूरपश्चिम प्रदेश सभाका स्वतन्त्र सांसद डा. तारा जोशीसँग भेटवार्ता गरेका छन् ।

बुधबार बसेको नेकपा एमाले सचिवालय बैठकले रावलका अभिव्यक्तिहरु पार्टीविपरित गरेको भन्दै संगठीत सदस्यबाट निष्काशन गर्ने निर्णय गरेको थियो ।