काठमाडौँ – सांसदहरुले भन्सार क्षेत्रमा देखिएका समस्या र गुनासालाई निराकरण गर्नेगरी भन्सार सम्बन्धी कानून निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।
सिहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी काूननलाई संसोधन र एकिकरण गर्न बनेको विधेयक, २०८० माथि सैद्धान्तिक छलफलका क्रममा उनीहरुले भन्सारका बिषयमा पटक पटक गुनासाहरु आउने गरेकाले त्यसलाई दीर्घकालीन रुपमा नै निराकरण गर्ने गरी कानून बनाउनुपर्नेमा जोड दिएका हुन् ।
सांसद ज्ञानेन्द्र बहादुर कार्कीले स्वदेशी उद्योगहरुलाई संरक्षण र प्रवद्र्धन गर्दै भन्सार क्षेत्रमा देखिएका समस्या सम्बोधन हुने गरि कानून बनाउनुपर्ने बताए । सीमा क्षेत्रमा जनताले सिमाना रक्षा गरेर बसे पनि विभिन्न बहानामा भन्सार क्षेत्रमा नागरिकलाई दुख दिने काम भएकाले त्यसलाई अन्त्य गर्न अर्थमन्त्रालयको ध्यानाकर्षण गराए ।
त्यस्तै सांसद डा स्वर्णीम वाग्लेले वस्तुको भन्सार दल बैज्ञानिक र पारदर्शी ढंगले तोक्ने गरी कानून निर्माण गर्नुपर्ने सुझाव दिए । भन्सारको झण्झटिलो प्रक्रियाहरुलाई खारेज गर्नुपर्ने उनको भनाइ छ ।
विधेयकमा वस्तुको प्रकृति अनुसार भन्सार महसुल दर तोक्ने, विदेशी मुलुकहरुसंग गरिएको सन्धि सम्झौता बमोजिम कूटनीतिक सुविधा वा महसुल छुट दिने लगाएका व्यवस्था गरिएको छ ।