काठमाडौँ – नेकपा एमालेबाट निष्कासित नेता डा. भीम रावलले देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने घोषणा गरेका छन् ।


ADVERTISEMENT


बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै रावलले स्वेच्छाचारी, निरंशुक र तानाशाही निर्णय र कामहरु विरुद्ध तथा राष्ट्र र जनताको हित रक्षा र समृद्धिका लागि मातृभूमि जागरण अभियानका साथ देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने घोषणा गरेका हुन् । अभियान पूर्ण भएपछि त्यसलाई नै पार्टीको रुपमा विकासित गर्ने उनले बताए ।


ADVERTISEMENT

# # #


अभियानका क्रममा भ्रष्टाचार र कुशासनका विरुद्ध जनतालाई जागरुक बनाइने रावलको भनाइ छ । पत्रकार सम्मेलनका क्रममा रावलले एमाले अध्यक्ष केपी ओलीप्रति दर्जर्नौ प्रश्न र आरोप लगाए । पार्टीभित्र आफु केपी ओलीको कोपभाजनमा परेको भन्दै उनले आफुलाई स्पष्टीकरण नभइ दोषपत्र थमाइएको जिकिर गरे ।

ओलीसंग छलफलका लागि पटक पटक समय लिन खोजेपनि मिलाउन नसकेको उनले बताए । उनले पार्टी गतिविधिमा ओलीले नै निषेध गरेकाले त्यसको जवाफ पनि ओलीले नै दिनुपर्ने धारणा राखे । रावलले अहिलको सरकारबाट समाजवाद ल्याउने कुरा पत्याउन नसकिने भन्दै ओली सत्ताको दुरुपयोग गरी नव तानाशाह बन्न खोजेको आरोप लगाए ।

उनले अहिले सत्ताको खेलमा ठूला दल भन्नेहरु सद्धान्तहीन बन्न पुगेको र भ्रष्टाचारमा संलग्न ठूला व्यक्तिहरुलाई जोगाउने प्रयास भइरहेको बताए । पार्टीका नीति, निर्णय र नेतृत्व विरुद्ध अभिव्यक्ति दिएको भन्नेबारे रावलले एमाले नेताहरुले फैलाइएको हल्ला निराधार र अमूर्त रहेकाले यसले कार्यकर्ता र जनतालाई भ्रमित गर्दै आफू विरुद्ध जनमत सिर्जना गर्ने कुत्सित आशयबाट प्रेरित रहेको तर्क गरे ।

त्यस्तै रावलले संविधानको मार्ग निर्देशन र पार्टीका घोषित कार्यक्रम एवं नीति तथा निर्वाचन घोषणा पत्रमा गरेका प्रतिवद्धताहरु पूरा गर्नेतर्फ कुनै इमान्दार प्रयास नभएको आरोप लगाए । बरु पटक पटक पार्टीभित्र कुनै छलफल नै नगरी ओलीले राजनीतिलाई स्थीर तुल्याउनेतर्फ अग्रसर भएको उनले बताए । उनले पार्टीको दशौं महाधिवेशनमा धाँधलीका विभिन्न काम केपी ओलीकै निर्देशनमा भएको जिकिर गरे ।

यस्तो रावलको सम्बोधनको पूर्ण पाठ: