काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय एकता अभियानबीच एकतावद्ध भएर अघि बढ्ने सैद्धान्तिक समझदारी भएको छ ।
बुधबार समाजवादीको पार्टी कार्यालय आलोकनगरमा नेकपा (एकीकृत समाजवादी)का शीर्ष नेता र राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमसहितका नेताहरुबीच भएको छलफलका क्रममा छिटै एकतावद्ध भएर अघि बढ्ने सैद्धान्तिक समझदारी भएको हो ।
सो क्रममा अभियानकाकतर्फबाट एकतामा समाहित हुने नेताहरुको जिम्मेवारीका सन्दर्भमा छलफल भएको थियो । राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले एकताका लागि दुईपक्षीय समझदारीलाई अघि बढाउने विषयमा छलफल भएको जानकारी दिए । एकताका लागि धेरै समय कुर्न नपर्ने भन्दै उनले त्यसपछि नै समझदारीका विाय सार्वजनिक गर्ने उल्लेख गरे ।
त्यस्तै नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष प्रकाश ज्वालाले राजनीतिक, बैचारिक र सैद्धान्तिक विषयका साथै विभिन्न विषयमा दुई पक्षबीच छलफल भएको जानकारी दिए । पार्टीलाई एकतावद्ध गरेर गति दिने विषयसम्मको छलफल भएको भन्दै उनले एकताबद्ध हुने विषयमा सैद्धान्तिक समझादारी भएको बताउए ।
उनले एकताका लागि मिलाउनुपर्ने विषयमा निरन्तर छलफल गर्दै छिटै एकताको प्रक्रिया टुङ्गो लगाउने बताए ।



























































