काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले व्यापक जनदबाबबाट शिक्षा क्षेत्रको सुधारका लागि आवाज उठाउनुपर्ने बताएका छन् ।
बुधबार काठमाडौंको माइतिघरमा आयोजित खुल्ला शैक्षिक बहसमा बोल्दै भट्टराईले मुलुकलाई अघि बढाउनका लागि शिक्षा क्षेत्रको सुधार आवश्यक रहेको भन्दै यसका लागि व्यापक जनदबाब सिर्जना गर्नुपर्ने बताएका हुन् ।
उनले शिक्षा आयोगको प्रतिवेदनलाई तुरुन्त लागू गर्न पनि दबाब दिनुपर्ने जिकिर गरे । केही पुराना भन्नेहरुले आन्दोलनभित्र पसेर लाभ लिने र चूनावको रोटी सेक्ने प्रवृति रहेकाले सजक हुन उनले सुझाव दिए । भट्टराईले युवाहरुको सक्रियतामा नै यस क्षेत्रको सुधार सम्भव रहेको धारणा राखे ।
उनले आफू अर्थमन्त्री र प्रधानमन्त्री हुँदा सबै भन्दा बढी बजेट शिक्षा र कृषि क्षेत्रमा विनियोजन गरेपछि पछिल्लो समय त्यसलाई बढाउने भन्दा पनि घटाउने काम भएको जिकिर गरे ।



























































