काठमाडौँ – गीतकार निर्मलराज पौडेलको ‘चिरबिर चरी मायालु’ नामक गीत सार्वजनिक भएको छ ।


ADVERTISEMENT


गीतमा पौडेललाई गायिका अस्मिता अधिकारीले स्वर दिएर सघाएकी छन् । मोहित मुनालको संगीत रहेको उक्त गीतमा दिपिका थापाको नृत्य रहेको छ ।


ADVERTISEMENT

# # #


वेलकम एभी प्रोडक्सनले तयार पारेको म्युजिक भिडियोलाई मनिष पौडेलले निर्देशन गरेका हुन्। भिडियोमा कोरियोग्राफी भने दिपिका थापाको रहेको छ ।

अङ्ग्रेजी नयाँ वर्षको सन्दर्भ पारेर प्रेमील गीत तयार पारिएको गीतकार पौडेलले बताए । ‘गीतमा नयाँ पुस्ताको रूचि र भावनालाई समेट्ने प्रयास गरिएको छ,’ उनले भने ।

यसअघि गीतकार तथा गायक पौडेलको ‘छम्म नाचौँ, छप्प नाचौँ,’ बजारमा ल्याएका थिए । जसलाई दर्शकले निकै रुचाएका थिए ।

गीत सुन्न तथा भिडियो हेर्न तल क्लिक गर्नुहोस्