काठमाडौँ– नेपाली कांग्रेसको भातृ संगठन नेपाल लोकतान्त्रिक खेलकुद संघले स्वर्गीय नेताहरुको सम्मानमा विभिन्न खेलकुद प्रतियोगिताहरु आयोजना गर्ने भएको छ ।


ADVERTISEMENT


नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशक समितिले बिहीबार कांग्रेस पार्टी कार्यालय सानेपमा पत्रकार सम्मेलन गर्दै बिपी कोइराला, गणेशमान सिंहदेखि दुर्गानन्द झासम्मका ३६ नेताहरुको सम्मानमा फुटबल लगाएत विभिन्न खेलकुद प्रतियोगिताहरु आयोजना गरेको जनाएको हो ।


ADVERTISEMENT

# # #


त्यस्तै माघ १० देखि १७ गतेसम्म काठमाडौंको दशरथ रंशालामा सभापति कप फुटवल प्रतियोगीता हुने महाधिवेशन निर्देशक समितिका संयोजक मोहन बहादुर बस्नेतले जानकारी दिए ।

सभापति कपका विजेताले २६ लाख र उपबिजेताले १३ लाख प्राप्त गर्ने र प्रतियोगितामा राष्ट्रिय स्तरका ए डिभिजन क्लवका साथै दुई बिदेशी टोलीको समेत सहभागीता रहने उनले बताए । उनले अग्रजहरुको सम्मानमा खेलकुद प्रतियोगिताहरु आयोजना गरिएको जिकिर गरे ।

त्यस्तै तेक्वान्दो माघ १८–१९ मा कैलालीको धनगढीमा हुने बताइएको छ ।