काठमाडौँ – आर्थिक गतिबिधिलाई चलायमान गर्ने उद्देश्यले चितवन महोत्सवको १५ औ संस्करण यही पुष २५ गतेदेखि शुरु हुने भएको छ ।


ADVERTISEMENT


चितवन उद्योग वाणिज्य सघले आयोजना गर्दै आएको उक्त महोत्सव प्रत्येक २–२ वर्षमा हुँदै आएको छ । यस पटकको महोत्सवमा पर्यटन प्रबर्द्धन गर्ने हेतुले पर्यटनलाई केन्द्र बिन्दुमा राखेर आयोजना गरिएको चितवन उद्योग वाणिज्य सघका अध्यक्ष तथा महोत्सवका संयोजक सुमन श्रेष्ठले बिहीबार चितवनमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।


ADVERTISEMENT

# # #


महोत्सवले पर्यटनका साथै आर्थीक गतिविधि लागि उत्प्रेरणा दिने क्षेत्रिय असन्तुलन घटाउने सास्कृतिक प्रवद्र्धन गर्ने उद्देश्य रहेको उनले बताए । संयोजक श्रेष्ठले चितवनलाई विविधता र समृद्धिको भूमिको रुपमा विकास गर्नेको लागि महोत्सव परिसर भित्र विविधताको प्रतिनिधित्व गर्ने खालको कृतिम पार्क निर्माण गर्न लागेको बताए ।

उनले महोत्सवमा चीनको उद्योग वाणिज्यको समन्वयमा चीनका विभिन्न प्रतिष्ठानहरुको उत्पादनको प्रदर्शनी रहने बताए । १५ दिनसम्म चल्ने उक्त महोत्सव ५ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ भने करीब ३० करोडको कारोबार हुने अपेक्षा गरीएको संघले जनाएको छ ।