काठमाडौं- नेपालकै चर्चित र्‍याप रियालिटी शो ‘नेपहपको श्रीपेच’ सिजन ३ मा उत्कृष्ट १० प्रतिस्पर्धी छनोट भएका छन्। टप–१० मा स्थान बनाउन सफल प्रतिस्पर्धीहरूमा कालु म्यान, योङ्ग लायन, शब्दकार, के एक्स, हप्पु, सीपी किङ, विट्टी, इतिश, गुडबोई र ज्याज्जी रहेका छन्।


ADVERTISEMENT


हजारौँ डिजिटल आवेदनबाट सुरु भएको अडिसन नेपालका पोखरा, बुटवल, इटहरी, काठमाडौं तथा भारतको सिलिगुडीसम्म सञ्चालन गरिएको थियो। विभिन्न चरणको कडा प्रतिस्पर्धा पार गर्दै यी १० जना प्रतिस्पर्धीले अन्तिम चरणमा आफ्नो स्थान सुरक्षित गरेका हुन्।


ADVERTISEMENT

# # #


टप–१० मा पुगेका सबै प्रतिस्पर्धीले आफ्नो फरक शैली, दमदार फ्लो, सिर्जनात्मक लेखन तथा प्रभावशाली स्टेज प्रस्तुति मार्फत निर्णायक र दर्शकको मन जित्दै आएका छन्। अबका एपिसोडहरूमा उनीहरूबीचको प्रतिस्पर्धा अझ रोमाञ्चक र कडा हुने अपेक्षा गरिएको छ।

रेड बुलको प्रस्तुतिमा दामी मिडियाले निर्माण गरिरहेको ‘नेपहपको श्रीपेच’ सिजन ३ ले नेपाली हिपहप क्षेत्रमा नयाँ प्रतिभालाई राष्ट्रिय मञ्च प्रदान गर्दै आएको छ। कार्यक्रम हरेक मंगलबार र बुधबार एपी वान टेलिभिजन तथा ओएसआर रियालिटी मार्फत प्रसारण हुँदै आएको छ।

यस सिजनका विजेताले १० लाख रुपैयाँ नगद, वर्ल्ड टुरको अवसर तथा विभिन्न ब्रान्ड एन्डोर्समेन्ट प्राप्त गर्नेछन् भने उपविजेताले ५ लाख रुपैयाँ नगदसहित विदेशमा प्रस्तुति दिने अवसर पाउनेछन्। कार्यक्रममा भ्योमा, मानस घले, यु.एन.डी.बी. र योद्धा निर्णायकको भूमिकामा रहेका छन्।