काठमाडौँ– आज बिहान चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रबिन्दु भएर गएको ७ रेक्टरको चीनको पाँच वर्षको अवधिको सबैभन्दा शक्तिशाली भुकम्प रहेको चीनको भूकम्प नेटवर्क केन्द्रले जनाएको छ ।


ADVERTISEMENT


केन्द्रका अनुसार आज भूकम्प गएको स्थानदेखि २०० किलोमिटर वरपरको क्षेत्रमा विगत पाँच वर्षको अवधिमा ३ म्याग्निच्युड माथिका २९ वटा भूकम्प गएको रेकर्ड छ । तर, आज बिहानको भूकम्प सबैभन्दा शक्तिशाली हो ।


ADVERTISEMENT

# # #


भूकम्पका कारण दिङ्गी काउन्टीको चाङ्गसुओ क्षेत्रका गाउँमा घरहरु भत्किएको चिनियाँ सञ्चार माध्यमहरुले जनाएको छ । यसैगरि, भूकम्पमा परेर ३६ जनाको ज्यान गएको छ भने घाइते हुनेको संख्या ३८ पुगेको छ ।

नेपालको सङ्खुवासभा र ताप्लेजुङ तथा दक्षिणपूर्वमा भारतको सिक्किम राज्यसँग सीमा जोडिएको दिङ्गे काउन्टीमा केन्द्रबिन्दु भएर गएको भूकम्पको महसुस काठमाडौँ उपत्यकासहित आसपास, तराई एवं पूर्वी नेपालका झापा, मोरङ, सुनसरी, उदयपुर, खोटाङ, ओखलढुङ्गा, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, सोलुखुम्बु, सङ्खुवासभा, ताप्लेजुङ लगायत जिल्लामा गरिएको थियो ।

भुकम्पका कारण नेपालको स्थिति सामान्य रहेको तथा हालसम्म कुनै पनि भौतिक तथा मानविय क्षति विवरण प्राप्त भने भएको छैन ।