काठमाडौँ– त्रिविको स्नातक तहको प्रथम वर्षको मंगलबारको परीक्षामा १५ मिनेट समय थप गरिएको छ ।
आज बिहान गएको भुकम्पका कारण परीक्षा केहीबेर प्रभावित भएपछि १५ मिनेट समय थप गरिएको त्रिविका रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले जनाए ।
‘बिहान ७ बजेबाट परीक्षा थियो । तर परीक्षा सुरु हुनुअघि भूकम्प आएपछि केहीबेर परीक्षा प्रभावित भएका कारण १५ मिनेट समय थप गर्न सबै केन्द्रमा सर्कुलर गरेका हौँ’, उनले भने ।
चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रबिन्दु भएर बिहान ६ बजेर ५० मिनेटमा ७ रेक्टरको भुकम्प गएपछि परीक्ष केहीबेर प्रभावित भएको थियो । यद्यपि त्यसपछि भने परीक्षार्थीहरुले परीक्ष हलमै गएर परीक्षा दिएका थिए ।



























































