इटहरी– नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले आज इटहरी शाखाबाट टाटा म्याजिक बीएस ६ सार्वजनिक गरेको छ। सहरी र विद्यालय यातायातलाई आधुनिक, किफायती र वातावरणमैत्री बनाउने उद्देश्यले लन्च गरिएको यो गाडीले यस क्षेत्रका यातायात व्यवसायीहरूको आवश्यकता पूरा गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
कार्यक्रममा कोशी विक्रम यातायात प्रा.लि. का अध्यक्ष संजय सिंह र इटहरी यातायात प्रा.लि. का अध्यक्ष महेश घिमिरे प्रमुख अतिथिको रूपमा उपस्थित थिए। साथै, सिप्रदीका पूर्वीय क्षेत्रीय प्रबन्धक श्री सुवास कुमार दास कार्यक्रम सभापतिको भूमिकामा थिए।
समारोहलाई सम्त्रोन गर्दै सिप्रदीका प्यासेन्जर भेहिकल्स प्रोडक्ट म्यानेजर इन्द्रमणि पोख्रेलले भने“टाटा म्याजिक बीएस ६ ले सहरी यातायातलाई मात्र नभई, यस क्षेत्रका व्यावसायिक गतिविधिलाई पनि आधुनिक र प्रभावकारी बनाउनेछ। यसको उच्च माइलेज, कम मर्मत खर्च, र यात्राको सुविधासहितको संरचनाले व्यावसायिक क्षेत्रमा नयाँ मानक स्थापित गर्नेछ। यसले यातायात व्यवसायीहरूलाई आर्थिक रूपमा सबल बनाउनुका साथै यात्रुहरूको अनुभवलाई नयाँ उचाइमा पुर्याउनेछ।”
टाटा म्याजिक द्यक्ट गाडीमा आधुनिक द्यक्ट प्रविधि, ३० एचपी पावर, र उच्च माइलेजसहितका सुविधाहरू छन्। यसको आरामदायी इन्टेरियर, कम मर्मत खर्च र अत्याधुनिक प्रविधिका कारण यसलाई सहरी र विद्यालय यातायातका लागि उत्कृष्ट विकल्पका रूपमा लिइएको छ।
सिप्रदी ट्रेडिङ्ग प्रा।लि। ले सदैव ग्राहकहरूको आवश्यकता अनुसार सवारी साधन उपलब्ध गराउँदै आएको छ। यस लन्चसँगै, कम्पनीले पूर्वीय नेपालका व्यवसायीहरूको सहरी यातायातका क्षेत्रमा टाटा म्याजिक द्यक्ट मार्फत थप उचाइ हासिल गर्ने अपेक्षा गरेको छ।





























































