अत्तरिया (कैलाली)– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चिकित्साशास्त्रको शैक्षिक केन्द्रका रूपमा स्तरोन्नति गर्ने सरकारको सोच रहेको बताएका छन् ।


ADVERTISEMENT


गोदावरी नगरपालिका–५ गेटास्थित सहिद दशरथचन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानको अुनगमनका क्रममा उनले भने, “यो प्रतिष्ठानलाई विश्वविद्यालयका रुपमा स्तरोन्नति गर्ने सरकारको योजना छ, एमबिबीएस कार्यक्रम सञ्चालन गर्नेगरी पूर्वाधार निर्माणलगायत काम  पनि सँगसँगै अगाडि बढाउनुस् । ”


ADVERTISEMENT

# # #


मन्त्री पौडेलले गेटा अस्पतालमा २४ सै घण्टा आकस्मिक सेवा सञ्चालन गर्न निर्देशन दिए । गेटामा करिब रु सात अर्बका भौतिक संरचना निर्माण भएका छन् । हाल यहाँ ५० शय्याको अस्पताल सञ्चालनमा छ ।