काठमाडौँ– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सार्क सम्मेलन दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को बैठक राख्न नेपालको तर्फबाट प्रयास जारी रहेको बताएकी छन् ।


ADVERTISEMENT


सोमबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा भारतले सार्क बैठक राख्न नचाहेको तथ्य सार्वजनिक गर्दै मन्त्री राणाले सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा सार्क बैठक राख्न निरन्तर पहल गरेपनि भारत-पाकिस्तान तनावका कारण सम्भव नभएको बताएकी हुन् ।


ADVERTISEMENT

# # #


यसबारे गत सेप्टेम्बरमा भारत भ्रमणका क्रममा नेपालका तर्फबाट आफूले सार्क सम्मेलनको विषयमा कुरा उठाएको उनको दाबी छ । ‘यहि सेप्टेम्बरमा मैले भारत जाँदा सार्कको विषय उठाएको थिएँ तर उता जयशंकरजीले तिम्रो देशमा आएर मान्छे मारेको भए मिटिङ हुन्थ्यो ? भनेर प्रश्न गरेपछि मैले जवाफ दिन सक्ने अवस्था रहेन’, उनले भनिन् ।

तथापि नेपालले सार्कलाई चलायन बनाउनका लागि आवश्यक काम गरिरहेको परराष्ट्रमन्त्री राणाको भनाई छ ।