काठमाडौँ – मलेसियामा आगामी शनिबारदेखि सुरु हुने आईसीसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेटको अभ्यास खेलमा नेपाल वेष्टइण्डिजसँग ९ रनले पराजित भएको छ ।


ADVERTISEMENT


सोमबार मलेसियाको नेजेरी सेम्बिलानमा टस जितेर पहिले ब्याटिङ गरेको वेष्टइण्डिजले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १०९ रन बनायो । ११० रनको चुनौती पच्छ्याउँदै मैदानमा उत्रिएको नेपाल यू–१९ टोली १९.१ ओभरमा सबै विकेट गुमाउँदै १०० रनमै समेटिएको हो । नेपालका लागि सीमा केसीले सर्वाधिक २३ रन बनाइन् भने कप्तान पूजा महतो र किरण कुँवरले समान १८–१८ रन जोडे ।


ADVERTISEMENT

# # #


यस्तै सोनी पाख्रिनले १छ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन् । बलिङतर्फ वेष्टइण्डिजका तृषा हरदत, अलिहा वीकेश र अमिया ग्रिलब्रेटले समान २–२ विकेट लिए । यस्तै केनिका क्यासरका नाममा १ विकेट रह्यो ।

यसअघि वेष्टइण्डिजका लागि कप्तान सामरा रामनाथले सर्वाधिक २५ रन बनाइन् भने असाबी क्यालेण्डरले २३, जजारा क्ल्याक्सटनले २२ तथा अबिगेल ब्रेसले १९ रनको योगदान दिए । बलिङतर्फ नेपालकी रचना चौधरी र सीमा केसीले समान १–१ विकेट लिए ।

नेपालले प्रतियोगिता सुरु हुनुअघि अन्तिम अभ्यास खेल अमेरिकासँग बुधबार खेल्नेछ । पहिलो पटक यू–१९ महिला विश्वकप खेल्न लागेको नेपालको पहिलो खेल शनिबार बंगलादेशसँग रहेको छ । समूह ‘डी’मा रहेको नेपालले स्कटल्याण्ड र अष्ट्रेलियासँग पनि खेल्नेछ । आफ्नो समूहको उत्कृष्ट ३ मा पर्दै विश्वकपको सिपर सिक्सेसमा पुग्ने नेपालको लक्ष्य रहेको छ ।