काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले भारतसँगको खरिदको स्वचालित मूल्य प्रणाली अनुसार पेट्रोल र डिजेलको मूल्य वृद्धि गरिएको निगमले जनाएको छ ।


ADVERTISEMENT


निगमका अनुसार भारतबाट पेट्रोलमा प्रतिलितर २.२४ र डिजेलमा ३.५५ रुपैयाँ बढेर आएको छ । जस अनुसार निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेलमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरेको हो । बढाइएको मूल्य आज राति १२ः०१ बजेबाट लागू हुनेछ ।


ADVERTISEMENT

# # #


अब पेट्रोलको नयाँ मूल्य प्रतिलिटर पहिलो वर्गमा १६२.५० रुपैयाँ, दोस्रो वर्गमा १६४ रुपैयाँ र तेस्रो वर्गमा १६५ रुपैयाँ पर्नेछ । यसअघि ती वर्गमा क्रमशः १६०.५०, १६२ र १६३ रुपैयाँ रहेको थियो ।

यस्तै डिजेलको मूूल्य अब प्रतिलिटर पहिलो वर्गमा १५३.५० रुपैयाँ, दोस्रो वर्गमा १५५ र तेस्रो वर्गमा १५६ रुपैयाँ पर्नेछ । यसअघि ती वर्गहरुमा प्रतिलिटर क्रमशः १५०.५०, १५२ र १५२ रुपैयाँ रहेको थियो ।

May be an illustration of text