काठमाडौँ– सिंहदरबारस्थित नेकपा एमालेको संसदीय दलको कार्यालयमा प्रमुख चार राजनीतिक दलका नेताहरू छलफलमा जुटेका छन् ।
छलफलमा नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरू समावेश छन् ।
छलफल संसदीय काम कारबाहीलाई प्रभावकारी ढंगबाट अगाडि बढाउने तथा कानुन निर्माणबारे केन्द्रित भएको एमालेका प्रमुख सचेतक बर्तौँलाले बताए।
सरकारले संसद अधिवेशन बोलाउने तयारी गरेपछि सदनलाई प्रभावकारी ढंगले चलाउने विषयमा प्रमुख दलका प्रमुख सचेतकहरू छलफलमा जुटेका हुन्।
सरकारले संसदलाई दिएको विधेयकहरु छिटोछरितो ढंगबाट कानून निर्माणको तहमा पुर्याउन संसदीय दलहरुले भुमिका खेल्ने विषयमा छलफल भएको उनले बताए ।
दलहरूले कानुन निर्माणमा समयसीमा राख्ने विषयमा समेत छलफल गर्दै आएका छन् ।