काठमाडौँ– जय नेपाल कप टि–२० क्रिकेट प्रतियोगिताअघि काठमाडौंमा कलाकार र नेताबीच मैत्रीपूर्ण क्रिकेट आयोजना गरिएको छ ।


ADVERTISEMENT


नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आयोजना गरेको ‘जय नेपाल कप’ टि–२० क्रिकेट प्रतियोगिता आगामी माघ ७ गतेदेखि सुरु हुँदैछ । त्यसअघि शुक्रबार त्रिवि खेल मैदानमा कलाकार र नेताबीच मैत्रीपूर्ण क्रिकेट आयोजना गरिएको हो ।


ADVERTISEMENT

# # #


युवाहरूलाई वातावरणका दूत बन्न प्रेरित गर्ने र जलवायु संकट समाधानमा योगदान पुर्याउने उद्देश्यका साथ जय नेपाल कप टि–२० क्रिकेट प्रतियोगिता आयोजना गरिएको नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले जानकारी दिए ।

उक्त खेलमा ८ वटा विश्वविद्यालयले सहभागिता जनाउने भएका छन् । नेपाल, भारत र बङ्गलादेशका विश्वविद्यालय टोलीहरूले यो प्रतियोगितामा प्रतिस्पर्धा गर्ने अध्यक्ष शेर्पाले बताए । प्रतियोगिताको पुरस्कार राशी ३० लाख रुपैयाँ रहेको नेविसंघले जनाएको छ ।

नेपालबाट काठमाडौं विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, भारतबाट दिल्ली विश्वविद्यालय, लखनऊ विश्वविद्यालय, बाबासाहेब भीमराव, बिहार विश्वविद्यालय र बङ्गलादेशबाट ढाका विश्वविद्यालयले प्रतियोगितामा सहभागी हुँदैछन् ।