काठमाडौँ – प्रमुख प्रतिपक्षी दलका नेता नेकपा (केन्द्र सहितका ६ वटा विपक्षी दलको बैठक सुरु भएको छ । काठमाडौँको नयाँ बानेश्वरस्थित सघीय संसद भवनमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्यकक्षमा विपक्षी दलका नेताहरु भेला भएका हुन् ।


ADVERTISEMENT


बैठकमा माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल समाजवादी पार्टी, आम जनता पार्टीका शीर्ष नेताहरू बैठकमा सहभागी छन्। बैठकपछि आजै पत्रकारसम्मेलन गर्ने जनाइएको छ ।


ADVERTISEMENT

# # #


सरकारले संघीय संसदको हिउँदे अधिवेशन आह्वानका लागि ढिलाई गरिरहेको भन्दै विपक्षी असन्तुष्ट छन् । यही बीचमा सरकारले विभिन्न ५ वटा अध्यादेश जारी गरेपछि विपक्षी दलहरुलाई सरकारविरुद्ध एक हुन थप बल मिलेको छ।