सिन्धुपाल्चोक – ट्रकको ठक्करबाट मोटरसाइकल चालकको जलेर मृत्यु भएको छ ।
दोलखाबाट काठमाडौं जाँदै गरेको मधेश प्रदेश ०३–००२ ख ०५३४ नम्बरको मालबाहक ट्र्कले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई लामोसाँघु जिरी सडक खण्ड को ८ किलो नजिक ठक्कर दिँदा माटरसाइकलमा आगलागी भई चालकको ज्यान गएको छ ।
हाल मोटरसाइकल चालकको सनाखत भई नसकको प्रहरीले जनाएको छ भने घटनाबारे अनुसन्धान जारी छ ।



























































