एजेन्सी – सिङ्गापुरको मौद्रिक प्राधिकरण (एमएएस) ले शुक्रबार आफ्नो मौद्रिक नीतिमा केही खुकुलो पार्ने घोषणा गरेको छ ।


ADVERTISEMENT


सन् २०२० पछि पहिलो पटक खुकुलो नीति पार्ने कदम चालेको छ । नीतिलाई दुई वर्षमा पहिलो पटक समायोजन गरिएको प्राधिकरणले जनाएको छ ।


ADVERTISEMENT

# # #


सिंगापुरको आर्थिक वृद्धिको गति सुस्त भएको र यस वर्ष कोर मुद्रास्फीतिमा अपेक्षा गरिएभन्दा तीव्र गतिले कमी आएको अवस्थामा यो निर्णय आएको हो ।

एमएएसले आवास र निजी यातायातको लागतबाहेकका मुद्रास्फीतिको प्रवृत्तिको पूर्वानुमान गर्छ र यो सन् २०२५ मा औसत १.० प्रतिशत देखि २।० प्रतिशतसम्म पुग्ने अनुमान गरेको छ भने उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) का सबै वस्तुहरूको मुद्रास्फीति औसत १।५ प्रतिशत देखि २.५ प्रतिशत हुने अनुमान गरिएको छ।