स्याङ्जा – यहीँ माघ १८ गतेदेखि सुरु हुन लागेको संसदको हिउदे अधिवेशनबाट संविधान संशोधनको बहसले औपचारिक रुपमा प्रवेश पाउने नेपाली काङ्ग्रेसका उपसभापति सांसद धनराज गुरुङले बताएका छन् ।
नेपाली काङ्ग्रेस स्याङ्जाको आयोजना र नेपाली काङ्ग्रेस भिरकोट नगर कार्यसमितिको व्यवस्थापनमा भिरकोट नगरपालिका ३ मा रहेको भिरकोट सिटिहलमा सम्पन्न नेपाली काङ्ग्रेस स्याङ्जाको एक सय दिने अभियानको समापन कार्यक्रमा बोल्दै पुर्व मन्त्री गुरुङले सबैको अपनत्वा हुनेगरी संविधान संशोधनको प्रक्रिया अगाडि बढ्ने बताएका हुन् । उनले भने, ‘यही हिउँदे अधिवेशनबाट संविधान संशोधनको प्रक्रिया सुरु हुन्छ ।’
काङ्ग्रेस, एमाले, माओवादी, रास्वापा, राप्रपा, समाजवादी, मधेसवादी सबैको बीचमा सर्वदलीय समिति बनाएर प्रक्रिया अगाडि बढ्ने बताउदै उनले संविधान संशोधन आजको आवश्यकता भएको हुँदा सबैको सहमतिमै संशोधनको प्रक्रिया अगाडि बढ्ने धारणा राखे । देशमा देखा परेका आर्थिक, संवैधानिक जटिलता अन्त्य गर्न दुई पाटीको सयुक्त सरकार बनेको प्रसंग जोड्दै यी दुई पटिलाई देशको समस्य समाधान नगर्ने छुट नभएको समेत धारणा राखे ।
रिऋ लिएर घ्यू खान नहुने प्रशङ्ग जोड्दै उनले सधै विदेशमा निर्भर हुने अर्थतन्त्र अन्त्य गर्नुपर्नेमा जोड दिए । विदेशबाट ल्याएको समानमा लगाउने करबाट उठेको रकमले देशमा सोचेजस्तो विकास गर्न नसकिने भन्दै देशकै आन्तरिक अर्थतन्त्र बलियो बनाउन पनि यतिबेला सबै राजनैतिक दल एकठाउँमा आउनुपर्नेमा जोड दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै पुर्वमन्त्री गुरुङले काङ्ग्रेस भित्रको एकता स्याङ्जाबाट सुरु गरिएको उद्घोष गरे । उनले भने, ‘आज सहिद दिवस यिनै सहिदहरुलाई साक्षी राखेर स्याङ्जाबाट एकता अभियान सुरुगरेका छौं ।’ पाटीभित्रको गुटबन्दीले सिमिले व्यक्तिले पद प्राप्त गरेपनी काङ्ग्रेसको लक्षप्राप्ति नहुने उनको भनाइ थियो । पाटिको लक्षप्राप्ति गर्न सबैले गुट त्याग्न उहाँको आग्रह थियो ।