काठमाडौँ – सामसङ नेपालले नयाँ ग्यालेक्सी एस२५ अल्ट्रा, ग्यालेक्सी एस२५+ र ग्यालेक्सी एस२५ स्मार्टफोनहरूको प्रि–अर्डर प्रारम्भ भएको घोषणा गरेको छ । १७ माघ, २०८१ मा सोल्टी काठमाडौँमा आयोजना गरिएको एक प्रेस सम्मेलनमा सामसङले आफ्नो अहिले सम्म कै सबभन्दा न्याचुरल र सन्दर्भ–सचेत मोबाइल अनुभवहरू दिने एक ट्रु एआई कम्प्यानीयन भएको यी स्मार्टफोनहरू प्रस्तुत गरेको हो ।
समारोहमा सामसङ नेपालका निर्देशक, प्रणय रत्न श्रेष्ठ र मिस नेपाल वल्र्ड २०१६, अश्मी श्रेष्ठले ग्यालेक्सी एस२५ सिरिजको अनावरण गरे । त्यसअवसरमा निर्देशक श्रेष्ठले ग्यालेक्सी एस२५ सिरिजको साथ ग्यालेक्सी एआईको अर्को चरणमा प्रवेश गरेको बताए ।
उनले भने, ‘ग्यालेक्सी एस२५ सिरिजले सबैभन्दा बढी सन्दर्भ–समझदारीका साथ व्यक्तिगत एआई अनुभव प्रदान र व्यक्तिगत गोपनीयता सुनिश्चित गर्दै कार्यकारी सल्लाह र सुझावहरू दिनेछ ।’
ग्यालेक्सी एस२५ सिरिज सामसङको दीर्घकालिक दृष्टिकोणको पहिलो कदम हो, जसले एआई एजेन्ट र मल्टिमोडल क्षमताहरूलाई प्रयोगकर्ताको अन्तरक्रिया र प्रत्येक टचप्वाइन्टमा एकीकृत गर्दै नयाँ मोबाइल अनुभव सिर्जना गर्ने लक्ष्य राखेको छ । यस सिरिजमा विशेष रूपमा कस्टमाइज गरिएको स्न्यापड्रागन ८ एलीट मोबाइल प्लेटफर्मले ग्यालेक्सी एआईको लागि उच्चतम प्रोसेसिंग पावर र ग्यालेक्सीको नेक्स्ट जेन प्रोभिजुअल इन्जिनको साथ उत्तम क्यामेरा रेन्ज र नियन्त्रण प्रदान गर्दछ ।
कस्तो छ ग्यालेक्सी एस२५ सिरिज ?
ग्यालेक्सी एस२५ सिरिज सबैभन्दा सहज नियन्त्रण र व्यक्तिगत मोबाइल अनुभव प्रदान गर्न डिजÞाइन गरिएको सामसङको एआई–फस्र्ट प्लेटफर्म वन युआई ७ रहेको पहिलो स्मार्टफोन सिरिज हो। यसमा रहेको एआई एजेन्टहरूले टेक्स्ट, स्पीच, इमेज र भिडियोहरू इन्टरप्रेत गरेर तपाईँका अन्तरक्रियाहरूलाई न्याचुरल बनाउँछन् । ग्यालेक्सी एस२५ सिरिजले तपाईंलाई सन्दर्भ–समझदारीका साथ सुझावहरू प्रदान गर्दै कार्यहरू खोज्न सजिलो बनाउँछ ।
साथै, जिफ शेर गर्ने वा इभेन्टको विवरण राख्ने कार्यहरू जस्ता कामको लागि झन्झट बिना विभिन्न एपहरू बिच सजिलै सँग स्विच गर्न सकिन्छ । यी स्मार्टफोनहरूले न्याचुरल ल्यांगवेज बुझ्ने प्रक्रियामा पनि ठुलो प्रगति ल्याएर दैनिक अन्तरक्रियाहरूलाई अझ सहज बनाएका छन् । उदाहरणका लागि, तपाईँले केवल सोधेर सामसङ ग्यालरीमा एउटा चुनित फोटो खोज्न वा सेटिङमा डिस्प्ले फन्टको आकार समायोजन गर्न सक्नुहुन्छ ।
तपाईँले ग्यालेक्सी एस२५ सिरिजको साइड बटन थिचेर जेमिनीलाई एक्तिभेत गर्न सक्नुहुन्छ । यसले सामसङ र गुगल एपहरूको साथै स्पटिफाई जस्ता तेस्रो–पक्ष एपहरूसँग सहज अन्तरक्रिया सुनिश्चित गर्दछ । उदाहरणका लागि, तपाईँ आफ्नो मनपर्ने सपोर्टस् टिमको सिजन तालिका खोजेर केवल एक कमान्डमार्फत सामसङ क्यालेन्डरमा थप्न सक्नुहुन्छ ।
ग्यालेक्सी एस२५ सिरिजले सञ्चार, उत्पादकता र सिर्जनात्मकताका लागि लोकप्रिय एआई उपकरणहरूमा सुधार ल्याएको छ। गुगलको सर्कल टु सर्चले अब स्क्रिनमा देखिएका फोन नम्बर, इमेल र युआरएल सजिलै चिन्छ । कल ट्रान्सस्क्रिप्ट र समरीले तपाईँको कलहरूलाई व्यवस्थित गर्दछ । राइटिंग असिस्टले तपाईँको कन्टेन्टलाई समराइज गर्न वा नोटहरूको स्वतः स्वरूप फम्र्याट गर्न सहयोग गर्दछ । ड्रइंग असिस्टले स्केच, टेक्स्ट वा इमेज प्रम्प्तहरूको संयोजनमार्फत नयाँ रचनात्मक सम्भावनाहरू अन्वेषण गर्न सहज बनाउँछ।
गोपनीयता सुरक्षितसँग हाइपर–पर्सनलाइज्ड अनुभव
ग्यालेक्सी एस२५ सिरिजले पर्सनल डेटा इन्जिनको माध्यमबाट तपाईँको डेटा उपकरणमै सुरक्षित रूपमा विश्लेषण गरी व्यक्तिगत एआई फिचर प्रदान गर्दछ । यो सुविधाले तपाईँको प्रिफरेन्स र युजेज प्याटर्न अनुसार न्याचुरल ल्यांगुएज प्रयोगबाटै ग्यालरीमा पुरानो फोटो खोज्ने वा नाउ ब्रिफ मार्फत दिनभरका लागि सुझावहरू प्राप्त गर्ने जस्ता टेलर्ड अनुभव प्रदान गर्दछ, जुन लक स्क्रिनमै रहेको नाउ बार८बाट एक्सेस गर्न सकिन्छ।
नोक्स भाल्टले सबै व्यक्तिगत डेटालाई गोप्य र सुरक्षित राख्छ। क्वान्टम कम्प्युटिङ प्रविधि विकाससँगै देखा पर्न सक्ने नयाँ खतरा विरुद्ध तपाईँको डेटा सुरक्षित राख्न ग्यालेक्सी एस२५ सिरिजले पोस्ट–क्वान्टम कृप्टोग्राफी को सुविधा पनि प्रदान गर्दछ।
प्रोसेसर ः स्न्यापड्रागन ८ एलिट प्रोसेसर
ग्यालेक्सी एस सिरिजकै अहिलेसम्मको सबैभन्दा उत्कृष्ट प्रोसेसर हो । यसले अघिल्लो पुस्ताको तुलनामा एनपियुमा ४०%, सीपियु मा ३७% र जीपियुमा ३०% प्रदर्शन सुधार प्रदान गर्ने कम्पनीको भनाई छ ।
क्रिएटिभिटीलाई नयाँ आयाम
ग्यालेक्सी एस२५ सिरिजले ५० एमपी अल्ट्रावाइड क्यामेरा (अघिल्लो १२ एमपिबाट अपग्रेडेड) भएको ग्यालेक्सी एस२५ अल्ट्राले प्रत्येक दृश्यलाई थप प्रस्ट र रङ्गिन बनाउँछ । साथै, डिफल्टमा उपलब्ध १०–बिट एचडीआर रेकर्डिङले चार गुणा बढी रङ्ग संरचना प्रस्तुत गर्छ । यो सिरिजले उज्यालो वा अँध्यारो जुनसुकै अवस्थामा पनि उत्कृष्ट भिडियो खिच्न सक्छ ।
भिडियो बनाउँदा आउने अनावश्यक आवाज हटाउन ग्यालेक्सी एस२५ सिरिजमा अडियो इरेसर जस्तो सुविधा उपलब्ध छ। सात जेनेरेसनको ओएस अपग्रेड र सात वर्षको सुरक्षा अपडेटसहित, ग्यालेक्सी एस२५ सिरिजले लामो समयसम्म भरपर्दो र उत्कृष्ट प्रदर्शन सुनिश्चित गर्छ ।
मूल्य
ग्यालेक्सी एस२५ अल्ट्रा : १२/५१२ जीबी– १ लाख ९९ हजार ९९९ रुपैयाँ र १२/२५६ जीबी– १ लाख ८४ हजार ९९९ रुपैयाँ
ग्यालेक्सी एस२५ प्लस : १२/२५६ जीबी–१ लाख ४१ हजार ९९९ रुपैयाँ
ग्यालेक्सी एस२५ : ९१२/२५६जीबी– १ लाख १४ हजार ९९९ रुपैयाँ र १२/१२८जीबी – १ लाख ४ हजार ९९९ रुपैयाँ
प्रि–अर्डर अफरहरू
ग्यालेक्सी एस२५ सिरिजको प्रि–अर्डर अफर १७ माघ (आज)देखि सुरु हुँदैछ, र १ फाल्गुन २०८१ सम्म सामसङको अधिकृत स्टोरहरूमा उपलब्ध हुनेछ । प्रि–अर्डर गर्ने ग्राहकहरूले ग्यालेक्सी एस२५ अल्ट्रा खरिद गर्दा १२/२५६जीबी बाट १२÷५१२जीबी मेमोरी अपग्रेड वा ग्यालेक्सी बड्स३ प्रो, जसको मूल्य रु ३१,९९९ रहेको छ, मात्र रु १४,९९९ मा प्राप्त गर्न सक्नेछन् र साथै, रु ३,३९९ मूल्य रहेको सिलिकन कभर पनि रु १,५०० मा प्राप्त गर्न सक्ने छन्।
ग्यालेक्सी एस२५+ र ग्यालेक्सी एस२५ बेस प्रि–अर्डर गर्दा ग्राहकहरूले रु ३१,९९९ मूल्य रहेको ग्यालेक्सी बड्स३ प्रो रु १४,९९९मा र रु ३,३९९ मूल्य रहेको सिलिकन कभर पनि रु १,५०० मा प्राप्त गर्न सक्ने छन्।
सामसङले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडमार्फत एक पटकको १ वर्षको ब्रेकेज इन्स्योरेन्स उपलब्ध गराएको छ। यसै गरी, ग्यालेक्सी एस२५ सिरिजमा अपग्रेड गर्न चाहने ग्राहकहरूले सबकोफोन र आर्कोस्टोर मार्फत आफ्नो पुरानो फोन एक्सचेन्ज गर्न सक्नेछन्।
देशभरका आधिकारिक सामसङ स्टोरहरूमा उपलब्ध हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालन गरिएको सामसङ इनस्टा फाइनान्स सेवा मार्फत ग्राहकहरूले रु ५ हजार २५० प्रतिमहिनादेखि सुरु हुने ०% ब्याजदरमा सरल ईएमआईमा नयाँ फोन प्राप्त गर्न सक्नेछन्। यो प्रक्रिया झन्झटरहित छ र यो सेवा प्राप्त गर्नको लागि प्रमाणपत्रको रूपमा ग्राहकको नागरिकताको मात्र आवश्यकता पर्नेछ।