काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले रवि लामिछानेमाथि सिंगो राज्य प्रतिशोध र पूर्वाग्रहका साथ खनिएको बताएका छन् ।


ADVERTISEMENT


शुक्रबार प्रतिनिधिसभा बैठकमा उनले लामिछानेमाथि लगाइएको निलम्बनप्रति आपत्ती जनाउँदै अहिले लामिछानेमाथि सिंगो राज्य प्रतिशोध र पूर्वाग्रहका साथ खनिएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले अहिले रास्वपा चरणबाट गुज्रिरहेको र पार्टीमाथि चौतर्फी आक्रमण भइरहेको जिकिर गरे । छिटै रास्वपाको चौथौ चरण सुरु हुने र सवैले पार्टीको अस्तीत्वलाई स्वीकार गर्ने उनले बताए ।

वाग्लेले संसदीय छानविन समितिको प्रतिवेदनमा लामिछानेको नाम उल्लेख नभएपनि जवरजस्त संगठित अपराधका नाममा फसाउने काम भएको धारणा राखे । उनले नेपालको जाँचबुझ आयोग गठन गरेर सवै नेताहरुको सम्पती छानविन हुनुपर्ने र चलनचल्तीमा आएका सबै काण्डहरूको पनि एकएक गरेर छानबिन समिति माग्ने चेतावनी दिए ।

उनले दुईतिहाइको सामथ्र्य भएको वर्तमान सरकारले विधिको शासन स्थापित गर्न नसकेको बताए । उनले अध्यादेशलाई नियमित लयको रुपमा प्रस्तुत गर्न खोज्नु आपत्तिजनक रहेको बताए ।