काठमाडौँ– राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सरकार गठनको साढे ६ महिनाको अवधि निरासाजनक रहेको बताएका छन् ।


ADVERTISEMENT


शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा लिङ्देनले सरकारको पछिल्लो साढे ६ महिनाको उपलव्धी हेर्दा निकै निराशाजनक रहेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


अहिलेको अवस्थामा मुलुकमा सरकार नभएको आभाष भएको उनले जनाए । उनले सरकारले नियमित कुरालाई पनि आफ्नो उपलव्धी गर्न नसुहाउने तर्क गरे । बर्तमान सरकारले सुशासन र अर्थतन्त्रमा कुनै सुधार गर्न नसकेको उनको भनाई छ ।

लिङ्देनले बवर्तमान सरकारले जनतालाई डलिभरी दिनुको साटो भ्रष्टाचारीलाई उन्मुक्ति दिएको टिप्पणी गरे ।

उनले कांग्रेस–एमाले मिलेर बनेको सरकारले जनतालाई आशा जगाउन सक्नुपर्ने धारणा राखे ।