काठमाडौं – नेपाल प्रहरी प्रधान कार्यालय नक्सालको परिसरभित्र संकटमोचन हनुमानजीको मूर्ती स्थापना तथा पूजा कार्यक्रम गरिएको छ । नेपाल प्रहरी श्रीमती संघले शुक्रबार प्रहरी प्रधान कार्यालयमा ‘संकटमोचन हनुमानजी’को प्राणप्रतिष्ठा गरेको हो ।


ADVERTISEMENT


उक्त कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवर, प्रहरी अत्तिरिक्त महानिरीक्षकहरू टेक प्रसाद राई, दिपक थापा, सुदिप गिरी, टेक बहादुर तामाङ, सुन्दर प्रसाद होजु, बुद्धिराज गुरुङ, दुर्गा सिंह, कुबेर कडायत थिए ।


ADVERTISEMENT

# # #


यस्तै प्रहरी नायब महानिरीक्षकहरू ई. फणिन्द्र बराल, चन्द्र कुबर खापुङ, डा.मनोज के.सी., ध्रुबराज राउत, सिद्धि बिक्रम शाह, हिमालय कुमार श्रेष्ठ, डम्बर बहादुर वि.क., ईश्वर कार्की, राजेन्द्र प्रसाद भट्ट, दिनेश कुमार आचार्य, अरुण पौडेल, गोबिन्द थपालिया र काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारी समेत उपस्थित थिए ।

कार्यक्रममा संघका उपाध्यक्ष रुपा थापा, महासचिव अनुश्री पाख्रिन, कोषाध्यक्ष कल्पना गिरी, प्रशासन सचिव अनिता गुरुङ, कार्यसमितिका सदस्यहरु मुना रेग्मी, कल्पना काफ्ले, अनिता ढकाल पौडेल, अन्जली तण्डुकार, प्रिती कुमारी चौधरी, पुर्व कार्यसमितिका पदाधिकारीहरु, उपाध्यक्षहरु, सल्लाहकारहरु, सिनियर प्रहरी अधिकृतहरु, जुनियर प्रहरी अधिकृतहरु र अन्य प्रहरी कर्मचारीहरु समेतको उपस्थिति रहेको थियो ।