काठमाडौँ– नेपाली कांग्रेस अछाम क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति ताराप्रसाद खनाल मानव तस्करी तथा ठगीको अभियोगमा पक्राउ परेका छन् ।


ADVERTISEMENT


सोमबार उनलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले काठमाडौँको महाराजगञ्जले पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


एसएसपी दिपेन्द्र जिसीका अनुसार उनको साथबाट २ करोड ७० लाखको चेक समेत बरामद भएको छ ।

विभिन्न देशमा रोजगारीमा पठाइदिन्छु भनी करोडौं ठगी गरेको अभियोगमा उनीमाथि अनुसन्धान भइरहेको छ ।

पीडितहरुको जाहेरीका आधारमा पक्राउ गरिएको जिसीले बताए ।